सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • ३१ भदौ, सिरहा ।
  • जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयद्वारा सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ ।

३१ भदौ, सिरहा ।

जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार, प्रदर्शनको क्रममा सातवटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ ।

आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहान लगायतका कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष संजीव लामाको निजी सम्पत्तिमा पनि क्षति भएको पासवानले जानकारी दिए ।

नेपाल प्रहरीका आठवटा चौकीमा तोडफोड र १० वटामा आगजनी गरिएको छ । त्यसैगरी, प्रहरीले प्रयोग गर्दै आएको तीनवटा गाडी र छ वटा मोटरसाइकलमा पनि तोडफोड गरिएको उनले बताए । तीनवटा मोटरसाइकल पूर्ण रुपमा आगजनीबाट नष्ट भएका छन् । आन्दोलनको क्रममा तीनवटा सञ्चार सेटमा क्षति भएको छ । प्रदर्शनमा ९ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै मानवीय क्षति भएको छैन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा
कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा मानव कंकाल फेला
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
ललितको सानदार बलिङमा काठमान्डु गुर्खाज १०१ रनमा अलआउट
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक