जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण २५, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २५ साउन, जनकपुर।
  • जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार आपसमा ठोक्किएका छन्।
  • बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारलाई भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेलले ठक्कर दिएको हो।

२५ साउन, जनकपुर।

जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार आपसमा ठोक्किएका छन्। बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारलाई भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेलले ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रत्यक्षदर्शीका भनाइअनुसार थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ गइरहेको कार लिक क्रस गर्न खोज्दा रेलसँग ठोक्किएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने कार र रेलको केही भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता