बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण १९, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १९ साउन, काठमाडौं ।
  •   चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
  • सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

१९ साउन, काठमाडौं । 

चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।.

छलफलका क्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए । अर्थमन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डाक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए । सो अवसरमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डीपीआर, जलनलगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
दुई सय ६० जनाको वीरगञ्ज नाकाबाट उद्धार
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
सार्वजनिक लेखा समितिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु