नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण १३, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १३ साउन, काठमाडौैं ।
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
  • मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

१३ साउन, काठमाडौैं ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताउनु भयो ।

हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको बताउनु भयो । दुई वटै विधेयक एक अर्काका परिपूरक भएको पनि उल्लेख गर्नुभयो । विधेयकलाई छिटो र प्रभावकारी रुपमा अघि बढाउन समिति क्रियाशिल रहेको बतउनु भयो । उहाँले भन्नुभयो, ‘यो विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको छ ।

यही गतिका साथ पास गर्नेगरी तयारी गर्नुप¥यो भन्नेकुरा आएपछि हामीले यसलाई निरन्तर उच्च प्राथमिकताका साथ राखेका छौँ । हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक यो एक अर्कासँग सम्बन्धित छ । दुई वटै विधेयक एक अर्काका परिपूरक हुन् । संरचना बाहेक अरु उस्तै उस्तै छ । यसलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषय हो । छिटोका नाममा दुर्घटना नहोस् ।’समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन