स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण १२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १२ साउन, काठमाडौं ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।
  • विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.

१२ साउन, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्‍याइएको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप र औषधि अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।

रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रमा पुगिसकेको विभागले जनाएको छ । खोप सबैभन्दा बढी वाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । वाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ । सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति गरिएको छ । मधेस प्रदेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार ५०० र रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ । मागका आधारमा अरू प्रदेशमा पनि भ्याक्सिन र भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
आजदेखि संसद्‌मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै
अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली
मधेस प्रदेश मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत
प्रादेशिक अस्पताल मलंगवामा सार्वजनिक बिदाका दिन पनि नियमित सेवा सञ्चालन
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा