झिनो अंकले घट्यो नेप्से, ६ अर्बको मात्र कारोबार

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ ११, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ११ असार, काठमाडौं ।
  •   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
  • आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो ।

११ असार, काठमाडौं । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन एक दशमलव ४३, जलविद्युत् शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ०९ र निर्जीवन बीमा शून्य दशमलव १० प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ०९, वित्त शून्य दशमलव ४८, लगानी शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव २१, व्यापार एक दशमलव ०७ र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ । मोदी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै वुटवल पावर कम्पनी लिमिटेडको रू ५३ करोड ९४ लाख ५७ हजार ३२६ बराबरको छ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ : कति पुग्यो मूल्य ?
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य