कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल आक्रमण

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, काठमाडौं ।
  • इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ ।
  • इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।

९ असार, काठमाडौं ।

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।

अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ । कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो । इजरायल इरान तनावबीच अमेरिकाले इरानमा आक्रमण गरेपछि त्यसको बदला लिने धम्की इरानले दिएको थियो । त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई सत्ताच्युत गर्ने सम्भावना खुला रूपमा व्यक्त गर्दै त्यस्ता कदम नलिन चेतावनी दिएका थिए । इरानको सरकारी सिमाचार एजेन्सी तसनीमले इरानको रिभोल्युशनरी गार्डले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको दाबी गरेको छ ।

यसअघि अमेरिकाले इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा आक्रमण गरेको थियो । आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका थिए । अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको थियो । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको थियो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलको भनाइ छ ।

इजरायलले इरानका फरमाणु केन्द्रहरुमा लक्षित गरी आक्रमण गरेको थियो । इजरायली आक्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रमध्येको एक नन्ताजमा आंशिक क्षति पुगे पनि फोर्दोमा कुनै उल्लेख्य क्षति नभएको भनिएको थियो । फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ । यो इरानको राजधानी तेहरानबाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ । यो केन्द्र जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित छ । यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ ।युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धित गरिन्छ, जुन परमाणु बम बनाउने युरेनियमको सीमाको नजिक हो । यो सीमा ९० प्रतिशत पुगे विश्वकै लागि खतरा हुने इरान विरोधी देशहरुको चिन्ता छ । इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने बताइँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु
रौतहटमा ओलीलाई १०१ किलोको माला
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
तीनकुने प्रदर्शन : प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ