त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ ६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ६ असार, काठमाडौं ।
  • स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् ।
  • खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

६ असार, काठमाडौं ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ ।

नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ । नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा २ पटक मात्र खेलेको छ जहाँ १ जित र १ हारको नतिजा छ । टी-२०आईमा भने मंगलबारको खेल नै पहिलो थियो जहाँ नेपाल विजयी भएको थियो । यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो । टी-२०आई शृंखलामा पनि नेपाल जितका साथ अन्त्य गर्न चाहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्द सत्रमा ओलीको सम्बोधन– देशलाई विखण्डन गर्ने प्रयासलाई एमाले चिर्नुपर्छ
यस्तो छ तपाइको आजको राशिफल
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता