स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • ३ असार, काठमाडौं ।
  •   स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।
  •   स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

३ असार, काठमाडौं । 

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।  स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो। आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ। चोटका कारण नन्दन यादवलाई भने आज आराम दिइएको छ।

उनको ठाउँमा बसिर अहमदलाई स्थान दिइएको छ। आइतबार नेदरल्यान्डसँग भएको खेलमा भने नेपालले पराजय भोग्नु परेको थियो। नेपालले तेस्रो सुपरओभरमा नेदरल्यान्डसँग हारेको थियो। नेपालको सुरुवाती ११ रोहित पौडेल (कप्तान), अनिल शाह (विकेट किपर), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ