पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ २, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २ असार, काठमाडौं ।
  • साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् ।
  • पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।

२ असार, काठमाडौं ।

साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् । पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ ।

उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउने/नआउने यकिन भएको छैन । हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता पाठक सम्पर्कविहीन छन् । अहिले उनले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै